उद्धेश्यहरु
- गृहपृष्ठ
- उद्धेश्यहरु
उद्धेश्यहरु
- संस्थामा संलग्न सदस्यहरु र जनसमुदाय वीच स्वालम्वन,पारस्पारीक सहयोग एवम मितव्यीताको अभिवृद्धि गरी नियमित वचत गर्ने वानी प्रर्वद्धन गर्ने ।
- नियमित रुपमा सदस्यहरुवाट निक्षेप प्राप्त गर्नुका साथै उनीहरुले गरेका निक्षेपमा प्रतिष्पर्धात्मक दरमा व्याज दिने ।
- उत्पादनशिल ,आयमुलक,शिपमुलक उद्धेश्यका लागी सदस्यहरुलाई उचित व्याजदरमा ऋण प्रदान गर्ने ।
- आत्मनिर्भर तथा आत्मविश्वास सम्वन्धि धारणा वारे सदस्यहरुलाई उत्प्रेरित गर्ने ।
- सदस्यहरुलाई आयआर्जन क्षमतामा वृद्धि गर्नका लागी आवश्यक मद्धत र जानकारी उपलव्ध गराउने
- सदस्यहरुको आर्थिक अवस्थामा सुधार गर्न सक्ने किसिमका क्रियाकलापहरु सञ्चालन गर्ने ।
- साधारण जनताको आर्थिक अवस्थाको विकास र प्रर्वद्धनमा समर्पित राष्टिय तथा अन्र्तराष्टिय संगठनको दाजोमा पुग्ने उद्धेश्य लिई गठित केन्द्रिय संघको सदस्यता ग्रहण गर्ने ।
- दातृ संस्थाहरुवाट कुनै सर्त नराखी प्राप्त हुने चन्दा तथा नगद अनुदान स्विकार गर्ने ।
- आफनो उद्धेश्य पुरा गर्नका लागी समान उद्धेश्य भएका स्थानीय,क्षेत्रिय,राष्टिय,अन्र्तराष्टिय संस्थाहरु सग सहयोगात्मक भावना राख्ने ।
- सदस्यहरुको सम्वृद्धि र विकासको अधिकतम हितलाई ध्यानमा राखी सहकारी ऐन नियमहरु र यस विनियममा व्यवस्था भए वमोजिम दैनिक कार्य सञ्चालनका साथै चल अचल सम्पक्ति आर्जन गर्ने क्रयविक्रय गर्ने ,धरौटी राख्ने आदि कार्य गर्ने ।
- सदस्यहरु तथा संस्थागत विकासका लागी आय आर्जन परियोजना सञ्चालन गर्ने ।
- समाजका कमजोर वर्ग र निम्न आय भएका व्यक्ति वा समुहको आर्थिक सामाजिक उत्पादनमा सहयोग पुरुयाउने ।
- सहकारी ऐनको दफा २३(१) वमोजिमको शेयर विक्रि गर्ने ।
- सहकारी एने नियमावली र विनियमको अधिनमा रहि अन्य संघ संस्थाहरुवाट ऋण लिने दिने ।
- सहकारीका सिद्धान्त मूलय र मान्यताहरुको पालना गर्ने गराउने ।
- सदस्यहरुलाई शिक्षा सुचना र तालिम प्रदान गर्ने ।
- आन्तरीक नियन्त्रण प्रणाली लागु गर्ने ।
- संस्थाको व्यवशायीक प्रर्वद्धन तथा विकास सम्वन्धि क्रियाकलापहरु सञ्चालन गर्ने ।
- मन्त्रालय रजिष्टार ,प्रदेश स्थानीय तह वा मन्त्रालयको निर्देशन पालना गर्ने ।