संस्था स्थापना कालदेखि विभिन्न आरोह अवरोह पार गर्दै स्थानीय तथा राष्ट्रिय स्तरमा समेत पहिचान कायम गरी यस संस्थाले विभिन्न स्तरका सम्मान पुरस्कार साथै संस्थालाई नेपाल वचत तथा ऋण केन्द्रिय सहकारी संघ लि. (नेफस्कून) र सहकारी विभाग द्धारा संयुक्त रुपमा प्रदान गर्ने प्रोवेशन व्रान्ड प्राप्त गर्नु सदस्यहरुको संस्था प्रति गर्नु भएको अगाध माया ,विश्वास र योगदानको परिणाम हो । यस अवधिमा संस्थाले सदस्यहरुको सम्पुर्ण वित्तिय आवश्यकता पुरा गर्न सक्ने सवल र सुरक्षित र भरपर्दो वित्तिय संस्था वन्न सफल भएको छ । संस्थालाई पहिलो रोजाईको रुपमा स्थापित गर्नका लागी सदस्यहरुको सन्तुष्टि र गुणस्तरीय सेवा , नीति ,विधि तथा प्रविधियुक्त सेवा प्रदानलाई प्राथमिकताको रुपमा राख्दै संस्थालाई अगाडी वढाउन प्रयासरत छौ । आगामी दिनमा अझैँ प्रभावकारी व्यवस्थापनका लागी विभिन्न निकाय, सम्पुर्ण शेयर सदस्य ज्यूहरु , शुभचिन्तक एवम सहकारी अभियान्ता ज्यूहरुले मार्गनिर्देशन गरिदिनु हुन अनुरोध गर्दै उहाँहरुको राय सल्लाह र सुझाव लाई संस्थाको अमुल्य सम्पत्तिको रुपमा लिइने प्रतिवद्धता समेत गर्दछौं । संस्था सञ्चालन प्रकृयालाई नियमित रुपमा जिवन्त रुप दिन चुस्त , दुरुस्त , पारदर्शि , इमान्दारीता , तथा लगनशिल भई व्यवस्थापन पक्षले सिकेका ज्ञान र सिपहरुलाई कार्यान्वयन गराई प्रतिष्पर्धात्मक र उत्कृष्टता सेवा दिनका लागी सक्षम गतीशिल प्रभावकारी र आधुनिक सेवा दिने कुरामा सचेत रहदै संस्थामा कार्यरत सम्पुर्ण कर्मचारी केन्द्रित भई गुणस्तरीय सेवा सहज र सर्वसुलव तरीकाले उपलव्ध गराउन प्रतिवद्ध छौ ा