हाम्रोबारे
- गृहपृष्ठ
- हाम्रोबारे
लुम्बिनी सुनवल बचत तथा ऋण सहकारी संस्था लि.
२०५६ सालमा साविक रामनगर गा.वि.स. हाल सुनवल नगरपालिका मा वित्तिय संस्थाहरु नभएको र केही रकमहरुको आवश्यकता परेमा साहुमहाजनको चर्को व्याज तिर्नुपर्ने तैपनि समयमा नै उपलव्ध नहुने अवस्थालाई मध्य नजर गरी स्थानीय २६ जना वुद्धिजिवि किसान कर्मचारी तथा सामाजिक व्यक्तित्व मिली सहकारी संस्थाको स्थापना भयो । मिति २०५६/०८/२० गते सहकारी ऐन २०४८ अन्र्तगत डिभिजन सहकारी कार्यालय चितवनमा विधिवत रुपमा दर्ता भएको हो । संस्थाको दर्ता न. १६०/०५६/०५७ रहेको छ । संस्थाको नामाकरणका विषयमा कार्यक्षेत्र नजिकै रहेको सुप्रसिद्ध तिर्थस्थल तथा चर्चित पर्यटकीय स्थल लुम्विनीलाई आधार मानेर सर्वसम्मत रुपमा लुम्विनी वचत तथा ऋण सहकारी संस्था लि. राखीएको हो ।स्थापनाको समयमा रु २९९५२/– वचत तथा २६००/ शेयर रकम जम्मा गरीएको थियो ।स्थापनाको समयमा कार्यालय तथा कर्मचारीको व्यवस्था नभएका कारण तत्कालका सचिव भविश्वर चापागाईको नीजि पसलमा सञ्चालन गरीएको थियो ।त्यस पछि तत्कालिन रामनगर गा.वि.सको कार्यालयको सटरमा भाडा लिई १ जना कर्मचारी राखी कार्यालय सञ्चालनमा ल्याईएको थियो ।परिवर्तित समय र संस्थाको प्रगती सगसगै वि.स. २०६३ साल फाल्गुणमा संस्थाको नाममा १५ धुर जग्गा खरीद गरीयो । वि.स. २०६६ साल आश्विन ३० गते भवनको शिलन्यास गरी २०६९ सालमा सम्पन्न गरी आफनै भवनवाट कार्यालय सञ्चालनमा ल्याइयो । साथै २०७६ साल माघ २८ गते साविक लुम्विनी वचत तथा ऋण सहकारी स.स्था लि. सुनवल १२ तथा सुनवल वहुउद्धेश्यिय सहकारी स.स्था लि. सुनवल ४ वीच एकीकरण भै हाल लुम्विनी सुनवल वचत तथा ऋण सहकारी संस्था लि.सुनवल १२ रहेको छ । भने १५ जना कर्मचारी कार्यरत रहेका छन ।
संस्था सञ्चालनका क्रममा आवश्यक नीति तथा कार्यविधिहरु निमार्ण गरी संस्थालाई प्रविधिमैत्रि वनाईएको छ । संस्थामा आवद्ध सवै पक्षलाई जिम्मेवार वनाई नेतृत्व र व्यवस्थापनको व्यवशायीक सोच विकासका लागी रणनैतिक व्यवशायीक योजना तयार गरीएको छ ।र संस्थाले नेपाल स्तरको प्रवेशन व्राण्ड समेत प्राप्त गरेको छ ।